निर्धन उत्थान लघुवित्तको नाफा ऋणात्मक, निष्क्रिय कर्जा १२.३५ प्रतिशत

निर्धन उत्थान लघुवित्तको नाफा ऋणात्मक, निष्क्रिय कर्जा १२.३५ प्रतिशत

बैंक खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा ऋणात्मक छ । पहिलो त्रैमासमा लघुवित्तले १४ करोड ३० लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड २५ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी घटेको र निष्क्रिय कर्जा बढेकाले नोक्सानी भएको देखिएको छ । असोज मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १०.४१ प्रतिशत घटेको छ । लघुवित्तको सञ्चालन मुनाफा १४ करोड ३३ लाख रुपैयाँले ऋणात्मक छ । 

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ७.१४ प्रतिशतबाट बढेर १२.३५ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जा बढेपछि लघुवित्तले इम्पेरमेन्ट चार्जमा ३८ करोड ८० लाख रुपैयाँ व्यवस्था गरेको छ। जसले गर्दा लघुवित्तको मुनाफा ऋणात्मक देखिएको हो ।

२ अर्ब ६१ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तले जगेडा कोषमा १ अर्ब ९२ करोड ८१ लाख रुपैयाँ सञ्चित राखेको छ। यो अवधिमा लघुवित्तले २२ अर्ब ६६ करोड ३ लाख रुपैयाँ निक्षेप तथा सापटी लिएर २३ अर्ब २९ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९० पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ६७ पैसा छ।

All financial information at your fingertips.


शेयर गर्नुहोस