बैंक तथा वित्तीय संस्थामा ४० करोड रुपैयाँ निक्षेप राख्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थामा ४० करोड रुपैयाँ निक्षेप राख्दै राष्ट्र बैंक

बैंक खबर । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गरी वाणिज्य बैंकहरुमा ३२ करोड, विकास बैंकहरुमा ६ करोड र फाइनान्स कम्पनीहरुमा २ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको जनाएको छ ।

उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले मंसिर ६ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । उक्त निक्षेप २०८० मंसिर १० गतेदेखि २०८१ मंसिर १० गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा भएको हुनुपर्ने छ । राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम गरेको, निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने जनाएको छ ।

यस्तै, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने,शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने,समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकेको छ।

All financial information at your fingertips.


शेयर गर्नुहोस