फर्स्ट माइक्रोफाइनान्सले १५ प्रतिशत लाभांश वितरण गर्ने

फर्स्ट माइक्रोफाइनान्सले १५ प्रतिशत लाभांश वितरण गर्ने

बैंक खबर । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९÷८०को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणागरेको हो । 
मंसिर १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमध्ये सोमध्ये ७.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजन सहित ७.५ प्रतिशत नगद लाभांश छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस