हिमालयन रि इन्स्योरेन्सको आईपीओ खुल्यो

हिमालयन रि इन्स्योरेन्सको आईपीओ खुल्यो

बीमा खबर । हिमालयन रि इन्स्योरेन्सको आईपीओ खुलेको छ । इन्स्योरेन्सले आज (मंसिर २७ गते) देखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको हो । अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँका दरले सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो ।

आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् । इन्स्योरेन्सले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । 

कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी नभएपछि आईपीओ निष्काशनको बाटो खुलेको हो । आईपीओ खरिदका लागि पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । सो मितिसम्म माग भएजति सेयर बिक्री नभए पुस ११ गतेसम्म आवेदन दिने अवधि लम्बिनेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस