तीन दिनको वृद्धिपछि सेयर बजारमा गिरावट

तीन दिनको वृद्धिपछि सेयर बजारमा गिरावट

सेयर खबर । तीन दिनसम्म लगातार बढेको सेयर बजार बुधबार घटेको छ । नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ विन्दुमा कायम भएको छ । 

पाँच अर्ब २९ करोड रुपैयाँ बराबरको १ करोड ४७ लाख ७७ हजार १ सय २० कित्ता सेयर किनबेच भएको छ । बुधबार उत्पादनमूलक समूहबाहेक सबै समूह घटेका छन् ।
कारोबारमा आएका २४७ कम्पनीमध्ये २१५ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने २९ वटाको बढेको छ ।

विश्लेषकहरुका अनुसार नाफा बुक गर्ने लगानीकर्ता सक्रिय बन्दा बुधबार बजारमा करेक्सन भएको हो । 
बैंकिङ प्रणालीमा अधिक मात्रामा लगानीयोग्य रकम थुप्रिएको छ । त्यसैले ब्याजदर घट्दोक्रममा छ भने नीतिगत पक्षपनि सहज बन्दै गएको छ । यहीकारण धेरै लानीकर्ता बजार बढ्नेमा विश्वस्त छन् ।

सामलिङ पावर र मन्दाकिनी हाइड्रोपावरको सेयर कारोबार सर्किट लेभल नजिकसम्म बढेर कारोबार भएको छ । हिमालयन रिइन्सुरेन्स कम्पनीको सबैभन्दा बढी ६३ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 
लगानीकर्ताको सम्पत्ति ३४ अर्ब रुपैयाँले घटेको छ भने बजार पुँजीकरण ३२ खर्ब ९७ अर्बभन्दा तल झरेको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस