निर्धन उत्थान लघुवित्तले डाक्यो साधारणसभा, लाभांश प्रस्ताव छैन

निर्धन उत्थान लघुवित्तले डाक्यो साधारणसभा, लाभांश प्रस्ताव छैन

बैंक खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन ११ गते २५औँ वार्षिक साधारणसभा बोलाएको छ । माघ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन ११ गते आफ्नो केन्द्रीय कार्यालय नक्सालमा विहान १० बजे साधारणसभा डाकेको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती गर्नेछ । 

लघुवित्तले लाभांश भने वितरण नगर्ने भएको छ । गत वर्ष १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गरेको लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने भएको हो । 

All financial information at your fingertips.


शेयर गर्नुहोस