जनवरीमा ७९ हजार पर्यटक नेपाल आए, ३० प्रतिशत भारतीय 

जनवरीमा ७९ हजार पर्यटक नेपाल आए, ३० प्रतिशत भारतीय 

पर्यटन । सन् २०२४ को पहिलो महिना जनवरीमा नेपालमा ७९ हजार एक सय विदेशी पर्यटक घुम्न आएका छन् । पर्यटन बोर्डका अनुसार यो तथ्यांक २०२३ को जनवरी महिनाको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्ष जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।
    
जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल घुम्न आएका छन् । गत वर्ष जनवरीमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए । 
    
भारतपछि चीनबाट सबैभन्दा धेरै पर्यटक नेपाल घुम्न आएका छन् । पर्यटन बोर्डका अनुसार चिनियाँ पर्यटक सात हजार दुई सय ६७ जना, अमेरिकी पर्यटक सात हजार ४७ जना, थाइल्याण्डबाट चार हजार छ सय १९ जना पर्यटक नेपाल आएका छन् । 

यस्तै, दक्षिण कोरियाबाट तीन हजार आठ सय १२ जना, बङ्गलादेशबाट तीन हजार छ सय २९ जना, अष्ट्रेलियाबाट तीन हजार चार सय २१ जना, बेलायतबाट तीन हजार दुई सय ७६ जना, भुटानबाट दुई हजार दुई सय २९ जना र जापानबाट एक हजार पाँच सय ६८ जना विदेशी पर्यटक नेपाल आएका छन् । 

All financial information at your fingertips.


भिडियो हेर्नुहोस

शेयर गर्नुहोस