विकास ऋणपत्रमार्फत १० अर्ब ऋण लिँदै सरकार


बैंक खबर । सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण लिने भएको छ । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र २०८५ बिक्री गरी पैसा जोहो गर्न लागेको हो । राष्ट्र बैंकले सूचना जारी गरी जेठ २ गते बोलकबोलमार्फत विकास ऋणपत्र २०८५ ‘‘ज’’ (५ वर्षे) बिक्री गर्न लागेको जनाएको छ । 

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बमिा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले मंगलबार दिउँसो तीन बजेभित्र बोलकबोल पेश गर्नुपर्नेछ । ऋणपत्र धितो राखी कर्जा लिन र दिन समेत पाइने छ । ऋणपत्रको निष्काशन जेठ ३ गते बुधबार हुने छ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने छ भने साँवा भुक्तानी २०८५ जेठ ३ गते हुनेछ । 

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिन सकिनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस