वित्तीय क्षेत्रका ६ संगठनद्वारा मर्जर/प्राप्ति र एफपीओमा लगाएको कर खारेज गर्न माग


बैंक खबर । वित्तीय क्षेत्रमा विभिन्न छ संगठनले आर्थिक विधेयक, २०८०को बुँदा नं. २६, २७ र २९ लाख तत्काल खारेज गर्न माग गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल बीमक संघ, नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल र जीवन बीमक संघ नेपालले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । 

विज्ञप्तीमा भनिएको छ ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न प्रतिनिधि सभामा पेस भएको अआर्थिक विधेयक, २०८० को दफा २६ मा कुनै निकायले फर्दर पब्लिक अफरिङ (एफपीओ) बाट प्रिमियम मूल्यमा शेयर जारी गरी प्राप्त भएको रकम मध्ये आर्थिक वर्ष २०७८/७९सम्म हिताधिकारीलाई बोनस शेयरको रुपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन, २०५८ को दफा ५६ को उपदफा (३) बमोजिम आयमा सामावेस गर्नुपर्ने र दफा २७ मा निकायहरु अआपसमा गाभिदा वा प्राप्ति (मर्जर वा एक्विजिसन)मा सौदाबाजी गर्दा प्राप्त लाभ (बार्गेन पर्चेज गेन)बापतको आयलाई कर प्रयोजनको लागि आयमा समावेस गरी कर दाखिला गर्नुपर्ने, दफा २९ मा धितोपत्र, जग्गा तथा घर जग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी व्यवस्था जस्ता प्रावधानहरुका कारण अर्थतन्त्रका प्रमुख क्षेत्ररु बैंकिङ, बीमा लगायत समग्र अर्थतन्त्रमा नै अपूरणीय क्षति पुग्ने देखिन्छ ।’

विस्तृतमा प्रेस विज्ञप्ती तल हेर्नुहोस्
 

All financial information at your fingertips.

शेयर गर्नुहोस