मुक्तिनाथ विकास बैंकबाट सहजै कर्जा पाउन सकिने, ल्यायो नयाँ योजना बैंकको खबर १२ महिना पहिले बैंक खबर । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । तरलता संकटले नयाँ कर्जा पाउन कठिन भइरहेका बेला बैंकले सहजै कर्जा उपलब्ध गराउने उद्देश्यले यो योजना घोषणा गरेको हो । बैंकले कर्जा आवश्यक परेका कुनै पनि ग्राहकलाई आफ्ना शाखा कार्यालयमा सम्पर्क राख्न भनेको छ । नयाँ योजना अन्तर्गत बैंकले २ करोड रुपैयाँ सम्मका साना तथा मझौल व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्ग खरिद तथा अन्य व्यक्तित कर्जा दिने भएको हो । बैंकले आवश्यक सम्पूर्ण कागजात पूरा गरेको ३ कार्य दिनभित्र सर्वसुलभ ब्याजदरमा कर्जा स्वीकृत गरिने जनाएको छ । यो योजनामा सहभागी भई कर्जा लिन इच्छुक ग्राहकले नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न वा मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गर्न वा वेबसाइटमा गई अनलाइनमार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ । All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै १२ महिना पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य १२ महिना पहिले मर्चेन्ट बैंकरको सूचीमा थपियो अर्को कम्पनी, एलिट क्यापिटलले पायो लाइसेन्स १२ महिना पहिले