प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन


काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । दाहालको आज बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी ६९ वर्षकी थिइन् ।

पार्किन्सन जस्तो देखिने ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’बाट पीडित दाहाल आज बिहान हृदयघात भएपछि अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । आकस्मिक कक्षमा उपचार गरिएको अवस्थामा बिहान ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले जनाएको छ । 

शेयर गर्नुहोस