सुनको मूल्य अहिलेसम्मकै महँगो 


अर्थतन्त्र । बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर एक लाख १३ हजार सात सय रुपैयाँ कायम भएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यसअघि सुनको मूल्य गत साउन ४ गते प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भई उच्च विन्दु्को रेकर्ड बनाएको थियो । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने बुधबारको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको कारोबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा भएको थियो ।

All financial information at your fingertips.

शेयर गर्नुहोस