कस्तो व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन योग्य हुँदैन्

बैंक खबर । नेपाल राष्ट्र बैंकले कुनैपनि बैंक तथा वित्तीय संस्थामा सञ्चालक हुन योग्यता र अनुभव तोकेको छ । तर कस्तो व्यक्ति बैंकतथा वित्तीय संस्थाकको सञ्चालक हुन अयोग्य हुन्छ । तपाइ हामीलाई थाहा नहुन सक्छ । ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७३’ को दफा १८ ले सञ्चालकको आयोग्यता सम्बन्धी व्यवस्था गरेको छ । जस अनुसार निम्न अवस्थाका कुनैपनि व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन योग्य हुने छैन् । 

(क) २५ वर्ष उमेर पूरा नभएको, 
(ख) मगज बिग्रिएको वा मानसिक सन्तुलन ठीक नभएको, 
(ग) नेपालभित्र वा विदेशमा कर्जा तिर्न नसकी साहुको दामासाहीमा परेको, 
(घ) नेपालभित्र वा विदेशमा बैंक वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालोसूची वा डिफल्टरमा परी सो कालोसूची वा डिफल्टरबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा नभएको, 
(ङ) बैंक वा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने तथा बिमा सम्बन्धी व्यवसाय सञ्चालन गर्ने संगठित संस्थाको बहालवाला सञ्चालक वा कर्मचारी, 
(च) सम्बन्धित बैंक वा वित्तीय संस्थाको ऋणी वा बहालवाला लेखापरीक्षक वा सल्लाहकार वा बैंक वा वित्तीय संस्थासँग कुनै किसिमको ठेक्का पट्टामा हिस्सेदार रहेको वा निजी स्वार्थ रहेको व्यक्ति, फर्म र कम्पनी, 
(छ) धितोपत्र व्यवसायीको रुपमा कार्य गर्न धितोपत्र बजारको सदस्यता प्राप्त गरेको वा मर्चेण्ट बैंकर, 
(ज) इजाजतपत्र प्राप्त संस्थाको संचालकमा बहाल रहेको व्यक्ति, 
(झ) शेयर स्वामित्वका कारणले सञ्चालक हुन सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमावली बमोजिम सञ्चालक हुनको लागि लिनुपर्ने न्यूनतम शेयर नलिएको व्यक्ति, 
(ञ) नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संगठित संस्था वा राष्ट्र बैंक वा बैंक वा वित्तीय संस्थाको बहालवाला कर्मचारी, 
तर नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्थाले शेयर खरिद गरेको वा राष्ट्र बैंक वा बैंक वा वित्तीय संस्थाले शेयर खरिद गरेको लघुवित्त संस्था वा पूर्वाधार विकास बैंकमा सञ्चालक मनोनित गर्न यस व्यवस्थाले बाधा पु¥याएको मानिने छैन । 
(ट) प्रचलित कानून बमोजिम तिर्नु पर्ने कर चुक्ता नगरेको, 
(ठ) चोरी, ठगी, किर्ते, जालसाजी, भ्रष्टाचार, नैतिक पतन देखिने कुनै पनि फौजदारी कसुर वा बैंकिङ्ग कसुर गरेको अभियोगमा नेपाल वा विदेशी मुलुकको अदालतबाट कसुरदार ठहर भई सजाय भुक्तान भएको दश वर्ष अवधि व्यतित नभएको, 
(ड) प्रचलित कानून बमोजिम नियमनकारी निकायले कानून विपरीत कार्य गरेको भनी कारबाही गरेको वा त्यस्तो कारबाही भएको पाँच वर्ष अवधि व्यतित नभएको, 
(ढ) स्वतन्त्र सञ्चालकको हकमा निज सम्बन्धित बैंक वा वित्तीय संस्थाको संस्थापक वा शुन्य दशमलव एक प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेको, 
(ण) अदालतको फैसला बमोजिम लागेको कैद, जरिबाना तिर्न बुझाउन बाँकी रहेको, सरकारी बाँकी तिर्न बुझाउन बाँकी रहेको । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस