बैंक तथा वित्तीय संस्थाले गर्न नहुने कामहरु

बैंक खबर । बैंक तथा वित्तीय संस्थाहरुले गर्न नहुने कामको सम्बन्धमा ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७३’मा स्पस्टसँग उल्लेख छ । ऐनमा व्यवस्था भए अनुसार बैंक तथा वित्तीय संस्थाले गर्न नहुने कामहरु यसप्रकार छन् ।

(१) बैंक वा वित्तीय संस्थाले देहायका काम गर्नु वा गराउनु हुँदैन ः– 
(क) व्यापार गर्ने उद्देश्यले मालसामान खरिद बिक्री गर्न वा आफ्नो प्रयोजनको निमित्त आवश्यक पर्ने बाहेक भवन निर्माण गर्न वा अचल सम्पत्ति खरिद गर्न, 
(ख) आफ्नो शेयरको सुरक्षणमा कर्जा दिन, 
(ग) सञ्चालक, चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको व्यक्ति, कार्यकारी प्रमुख वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा म्यानेजिङ्ग एजेण्ट वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको उल्लेख्य स्वामित्व वा वित्तीय स्वार्थ भएको कुनै फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न, 
(घ) एउटै ग्राहक, कम्पनी, एकै समूहको कम्पनी वा साझेदारी फर्म, सम्बद्ध व्यक्तिलाई आफ्नो पूँजीकोषको राष्ट्र बैंकले तोकेको प्रतिग्राहक सीमा नाघ्ने गरी कर्जा वा सुविधा प्रदान गर्न, 
(ङ) संस्थापक, सञ्चालक वा कार्यकारी प्रमुख जमानत बसी कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा दिन, 
(च) राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गमा वर्गीकृत बैंक वा वित्तीय संस्थाको धितोपत्रमा लगानी गर्न, 
(छ) राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी रकम अन्य संस्थाको शेयर पूँजीमा लगानी गर्न, (
ज) बैंक वा वित्तीय संस्थाहरु एक आपसमा मिली वित्तीय कारोबारमा कुनै किसिमको एकाधिकार वा अन्य कुनै किसिमको नियन्त्रित अभ्यास कायम गर्न, (झ) आपूmले नाजायज लाभ लिने नियतले वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक वातावरणमा कृत्रिम अवरोध खडा हुने कुनै पनि किसिमको कार्य गर्न, 
(ञ) बैंक वा वित्तीय संस्थाले गर्न नहुने भनी राष्ट्र बैंकले समय समयमा तोकेका अन्य कार्य गर्न । 

(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आफ्नो बैंकिङ्ग तथा वित्तीय कारोबार सञ्चालन गर्न वा आफ्ना कर्मचारीलाई बैंक वा वित्तीय संस्थाको प्रचलित कर्मचारी विनियमावली बमोजिम आवास वा अन्य सुविधा उपलब्ध गराउन, नेपाल सरकार वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, कुनै पनि निक्षेप खातामा रहेको रकम वा मुद्दती रसिदको धितोमा कर्जा दिन र संस्थापक, सञ्चालक, कार्यकारी प्रमुख वा एक प्रतिशतभन्दा बढी शेयर लिएको शेयरधनीहरुलाई आफ्नै मुद्दती निक्षेप, नेपाल सरकार वा राष्ट्र बैंकले जारी गरेको ऋणपत्रको धितोमा कर्जा, तथा तोकिएको सीमासम्मको क्रेडिट कार्ड सुविधा प्रदान गर्न बाधा पु¥याएको मानिने छैन । 
 

All banking information at your fingertips

शेयर गर्नुहोस