४८ घण्टाको अन्तरालमा अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टियो, भएको के थियो ?

बैंक खबर । ४८ घण्टाको आश्चार्यजनक घटनाक्रमपछि शुक्रबार बिहान अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टिएको छ । अमेरिकी इतिहासमा बैंक सञ्चालन र पूँजी संकटले वित्तीय संस्था यसरी संकटमा परेको यो दोस्रो ठूलो घटना हो । सन २००८ को वित्तीय संकटपछिको सबैभन्दा ठूलो घटना पनि यहि नै हो । 

एजेन्सीका अनुसार यो बैंकले उच्च संख्यामा ट्रेजरी र अन्य सरकारी बन्डहरु राखेको थियो । जब अमेरिकी केन्द्रिय बैंकले ब्याजदर बढाएपछि ती बन्डहरु कम मूल्यवान भए र बैंकले घाटा पूर्ति गर्न आवश्यक थियो । तर यसको व्यवस्थापन गर्न नसक्दा बैंक एकाएक पतन हुने स्थितिमा पुग्यो । त्यसैले महँगी नियन्त्रण गर्न धमाधम ब्याजदर बढाउने अमेरिकी केन्द्रिय बैंकको आक्रामक नीतिलाई विश्लेषकहरुले एसभीबीको अवसानको मुख्य कारण भनेका छन् । उनीहरुले यसको असर यतिमा मात्रै सीमित नहुने पनि बताएका छन् । 

बिहीबार एसभीबीको सेयर ६० प्रतिशतले घट्यो किनभने बैंकले एक दिन अघि २१ बिलियन बराबरको सम्पत्ति बेचेको थियो । थप पैसा व्यवस्थापनका लागि आफ्नो केही सेयर बेच्ने योजना पनि बनाएको थियो । यो खुलासाले बैंकका प्राविधिक लगानीकर्ता र कम्पनीका संस्थापकहरुमा आतंक फैलिएको थियो जसले स्टार्टअपहरुलाई आफ््नो पैसा फिर्ता लिन प्रौत्साहित गरिरहेको थियो । 

सेयर योजनाको सुइको पाएका युनियन स्क्वायर भेञ्चर्स र कोटु म्यानेजमेन्टका प्रमुख कोष कोषहरुले आफ्ना ग्राहकहरुलाई एसभीबीमा भएको पैसा छिटो झिक्न भन्दै इमेल गरेका थिए । सामाजिक सञ्जालमा पनि निकै त्रास फैलियो । पैसा झिकिहाल्न इमेल आउन थालेपछि निक्षेपकर्ताहरु अत्तालिएका थिए । 

यहीबेला पोर्टफोलियो कम्पनीहरुले सकेसम्म चाँडै पैसा झिक्न खोजे । तर बैंकले पैसा व्यवस्थापन गर्न सकेन । बिहीबार मध्यान्हसम्म एसभीबीका सीईओ ग्रेग बेकरले ग्राहकलाई शान्त रहन भनेका थिए । तर उनी आफू भने असान्त देखिन्थे । बिहीबारको अन्त्यसमम ग्राहकले बैंकबाट ४२ अर्ब डलर निक्षेप फिर्ता लगिसकेका थिए । यो कुरा क्यालिफोर्नियाको नियामक फाइलिङले देखाएको छ । बिहीबार अन्त्यसम्म बैंकको वासलात ९५ करोड ८० लाख डलर ऋणात्मक भइसकेको थियो। 

जति जति निक्षेप फिर्ता हुँदै गयो । बैंक डुब्दै गयो । बैंकसँग भएका डिबेन्चर बेच्ने प्रयास पनि बैंकले रोक्यो । निक्षेप झिक्नेहरुको भीड लाग्दा अर्बौ डलर भएको बैंक सबै प्रयासबाट असफल भयो र केही घण्टामै टाट पल्टियो । 
बिहीबार सेयरमा तीव्र गिरावट आएपछि कारोबार रोकिएको थियो । त्यसपछि नियामकहरुले बैंक बन्द गरे । शुक्रबार बिहान पनि सिलिकन भ्याली बैंकको सेयर कारोबार रोकियो । त्यस लगत्तै बैंकले आफ््ना सबै पर्यत्न रोक्न बाध्य भयो । शुक्रबार दिउँसो डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले बैंकलाई नियन्त्रणमा लियो । 

सिलिकन भ्यालीले ग्राहकबाट झण्डै १७५ अर्ब अमेरिकी डलर निक्षेप संकलन गरेको थियो । ४० वर्ष पुरानो यो बैंक अमेरिकाको १६ औं ठूलो बैंक थियो । 

All banking information at your fingertips

शेयर गर्नुहोस