काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको २८ सयले घटेर ३ लाख १४ हजार २ मा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख १७ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलाको २० रुपैयाँले घटेर ५४९५ मा कारोबार भइरहेको छ ।

Leave a comment