काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १३ सयले घटेर २ लाख ९९ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख १ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार चाँदी तोलाको ३५ रुपैयाँले घटेर ५१९० मा कारोबार भइरहेको छ ।

Leave a comment