बैंकको खबर । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ ।
बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त वृक्षरोपण कार्यक्रमले प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रवर्धन तथा वातावरणीय सुधारमा योगदान पुर्याउने विश्वास गरिएको छ। साथै जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनप्रति जिम्मेवार कदम चाल्ने प्रयास तथा वातावरण संरक्षणमा जनचेतना अभिवृद्धि गर्न समेत कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ ।
बैंकका अनुसार हरियाली विस्तारसँगै इलामजस्ता पर्यटकीय क्षेत्रको आकर्षण थप बढ्न गई दिगो पर्यटन विकासमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले आफ्नो देशव्यापी २८६ शाखा सञ्जाल तथा ४१ विस्तारित सेवा कक्षमार्फत ‘समुदायका लागि कुमारी बैंक’ अवधारणाअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
बैंकले विपन्न तथा आवश्यकता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सामुदायिक तथा सरकारी विद्यालयको पूर्वाधार विकासमा सहयोग, स्वच्छ वातावरणका लागि सरसफाइ सामग्री वितरण, अनाथालयलाई सहयोग तथा वित्तीय र डिजिटल साक्षरता अभिवृद्धिसम्बन्धी कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ ।
कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a comment