काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बिवाइडी गाडीको भन्सार छली प्रकरणमा संसदीय समिति बनाउन माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले यो गम्भीर राज्यविरुद्धको अपराध भएको बताउदै आफैले छानबिन गरेर दोषी पत्ता नलाग्ने बताए । उनले संसदीय समिति छानबिन गरेर सत्य तथ्य पत्ता लगाउनुपर्ने भन्दै भन्सारको कर्मचारीलाई करको दर हेरफेरको जानकारी नहुने स्पष्ट गरे ।

Leave a comment