काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । साधारण सभाबाट संस्थापक तथा सर्वसाधारण समूहका गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् भने नवनिर्वाचित सञ्चालक समितिले लक्ष्मण चालिसे लाई अध्यक्षमा चयन गरेको छ ।
सुनसरीको धरानस्थित गोर्खा होटलमा सम्पन्न साधारण सभाबाट संस्थापक समूहतर्फ लक्ष्मण चालिसे, विभोर कुमार अग्रवाल, दिपेन्द्र शर्मा र पुष्कर राज जोशी निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, सर्वसाधारण समूहबाट बलराम पौडेल र मिलन सिग्देल सञ्चालक पदमा निर्वाचित भएका छन् । साधारण सभा सम्पन्न भएलगत्तै बसेको सञ्चालक समितिको पहिलो बैठकले चालिसेलाई सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी दिएको हो ।
यसैबीच, साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका प्रस्तावहरू पनि पारित गरेको छ ।

Leave a comment