काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा ५ हजारले बढेको छ ।
आइतबार प्रतितोला दुई लाख ९३ हजार २०० मा कारोबार भएको छापावाल सुन आजका लागि भने दुई लाख ९८ हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भने प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १२० ले बढेको छ । आइतबार प्रतितोला चार हजार ८९५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १५ निर्धारण भएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ८४० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३२९.४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a comment