काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा एक हजार २०० र चाँदी १० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ९७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी चार हजार ९८० कायम भएको छ ।
मंगलबार एक तोला सुनको मोल दुई लाख ९८ हजार ५०० र चाँदी चार हजार ९९० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको चाँदीको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave a comment