काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाही गोडैता नगरपालिकाका विवेक मण्डलको उपचारका क्रममा आज निधन भएको छ ।
गत शुक्रबार सर्लाहीमा आत्मदाहको प्रयास गरेका मण्डलको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत अवस्थामा आज बिहान २:०५ बजे निधन भएको जिल्ला प्रहरी परिसर काठमडौंका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए । २५ वर्षीय मण्डललाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका मण्डलको शरीरको ८० प्रतिशत बढी भाग जलेको थियो ।

Leave a comment