Home अर्थतन्त्र राजावादीको आन्दोलन अराजक, रणमैदान बनेको तीनकुने
अर्थतन्त्रबैंक वित्त

राजावादीको आन्दोलन अराजक, रणमैदान बनेको तीनकुने

Share
Share

काठमाडौं, २०८१ चैत १५ गते शुक्रबार । 

राजसंस्था पुनस्थापनकाका लागि भन्दै राजावादी समुहहरुले शुक्रबार बिहान ११ बजेदेखि काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन सुरु गरिसकेका थिए । युवाहरुले सुरु देखि नै नारावाजी गरिरहेका थिए । सरकार र प्रमुख राजनीतिक दलका नेताहरु लक्षित नारावाजी गरिरहेका थिए । 

प्रहरीले तीनकुने क्षेत्रबाट बानेस्वर तिर जाने बाटोमा प्रदर्शनकारीलाई अगाडि बढ्न दिएको थिएन । तीनकुनेको चौरमा राजावादी समूहले प्रदर्शनको कार्यक्रम राखेका थिए । 

आन्दोलनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंले प्रदर्शन गरिरहेको भिडलाई उत्तेजित बनाउने काम गरे । 

प्रहरीले प्रदर्शनस्थलको आसपासबाट अश्रुग्यास हान्न थाल्यो । स्टेजमा रहेका नेताहरु भागे । स्टेज रित्तियो । प्रदर्शनकारीहरुले आसपासका घरमा ढुंगा हाने । प्रहरी र प्रदर्शनकारीहरुबीच भिडन्त भयो । 

एकैछिनमा मार्बल हाउसमा आगो लाग्न थाल्यो । सशस्त्र प्रहरी बलको दमकल आएर आगो निभाउने कोशिश गरेपनि तत्काल आगो निभाउन सकेन । त्यही आगजनीमा परेर एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भयो । 

प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनीबाट सामान लुटे । पेरिसडाँडाँमा रहेको माओवादीको कार्यालयमा निशाना बनाए । एकीकृत समाजवादीको कार्यालयमा त आगजनी नै गरे । कान्तिपुर टेलिभिजन र अन्नपुर्ण पोष्टको भवनमा आक्रमण गरे । 

जडीबुटीतर्फ अघि बढको एउटा भिडले जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा तोडफोड गरे र आगजनी गरे । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

कालीकोट । कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक...

बाग्मती नदीको तीव्र कटानले टौदहका बस्ती जोखिममा

काठमाडौं । बाग्मती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन् । कीर्तिपुर...

गोरखाको बाह्रकिलो बजारका संरचना खाली : २० वर्षदेखि कब्जा गरिएको सार्वजनिक जग्गा वन कार्यालयको नियन्त्रणमा

गोरखा । गोरखा नगरपालिका-११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका संरचनालाई...

अर्थसम्बन्धी कानुन संशोधन विधेयक र अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनको प्रस्ताव लगिँदै

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies