सेयर खबर । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारदकुमार लुइँटेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गरेको हो ।
नेप्से सीईओ छनोट समितिले नियुक्तीका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । लुइँटेलसँग यसअघि तारागाउँ विकास समितिको अध्यक्ष तथा सदस्य सचिवमा रहेर काम गरेको अनुभव छ ।
उनी लामो समयदेखि पर्यटन व्यवसाय र अध्यापन क्षेत्रमा संलग्न छन् । लुइँटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका छन् ।
All banking information at your fingertips.

Leave a comment