Home अर्थतन्त्र यस्तो छ विदेशी मुद्राको  आजको विनिमयदर
अर्थतन्त्र

यस्तो छ विदेशी मुद्राको  आजको विनिमयदर

Share
Share

२०८१ चैत १० गते आइतबार । 

बैंकको खबर । नेपाली बजारमा आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम भएको छ । यो मूल्य गत शुक्रबारको तुलनामा कम हो । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा थियो ।
 
युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ पनि घटेको छ । आजका लागि युरो एकको खरिददर १४८ रुपैयाँ ८० पैसा र बिक्रीदर १४९ रुपैयाँ ४५ पैसा तोकिएको छ । शुक्रबार युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा थियो ।

आजका लागि बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४५ पैसा तोकिएको छ । यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।
 
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७३ , क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९६ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।
 
यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ २१ पैसा र बिक्रीदर नौ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

कालीकोट । कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक...

बाग्मती नदीको तीव्र कटानले टौदहका बस्ती जोखिममा

काठमाडौं । बाग्मती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन् । कीर्तिपुर...

गोरखाको बाह्रकिलो बजारका संरचना खाली : २० वर्षदेखि कब्जा गरिएको सार्वजनिक जग्गा वन कार्यालयको नियन्त्रणमा

गोरखा । गोरखा नगरपालिका-११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका संरचनालाई...

अर्थसम्बन्धी कानुन संशोधन विधेयक र अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनको प्रस्ताव लगिँदै

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies