२०८१ चैत ६ गते बुधबार ।
अन्तर्राष्ट्रिय । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर ९ महिना १४ दिनपछि पृथ्वीमा फर्किएका छन् । उनीहरूको ड्र्यागन फ्रिडम अन्तरिक्ष यान मार्च १९ मा नेपाली समयअनुसार बिहान तीन बजेर ४२ मिनेटमा फ्लोरिडाको तटमा अवतरण गरेको हो ।
यी दुवै अन्तरिक्ष यात्री बोइङ र नासाको ८ दिने संयुक्त ’क्रू फ्लाइट टेस्ट मिसन’ मा गएका थिए, तर स्टारलाइनर अन्तरिक्षयानको थ्रस्टरमा समस्या आएपछि उनीहरूको ८ दिनको यात्रा ९ महिनामा परिणत भयो ।
अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट १० यात्रीसहित आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको थियो भने उक्त समूहमा गएका आठ अन्तरिक्ष यात्री नासाको विशेष मिसनका लागि अन्तरिक्षमा नै रही अनुसन्धान जारी राख्नेछन् ।
यो लगभग छ महिनाको अन्तरिक्ष यात्रीहरूको लागि मानक आईएसएस रोटेशन भन्दा धेरै लामो भएको छ तर यो सन् २०२३ मा नासाका अन्तरिक्ष यात्री फ्रान्क रुबियोले बनाएको ३७१ दिनको अमेरिकी अन्तरिक्ष रेकर्ड वा मिर अन्तरिक्ष स्टेशनमा लगातार ४३७ दिन बिताएका रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको विश्व रेकर्डभन्दा छोटो हो ।
नासाको अन्तरिक्ष सञ्चालन मिसन डाइरेक्टर्सका डेपुटी एसोसिएट एडमिनिस्ट्रेटर जोएल मोन्टाल्बानोका अनुसार सुनिता र बुचले ९०० घण्टा आईएसएसमा अनुसन्धान गर्नुका साथै १५० भन्दा बढी वैज्ञानिक प्रयोग गरेका थिए ।

Leave a comment