Home अर्थतन्त्र सरकारको ऋण करिब २७ खर्ब पुग्यो 
अर्थतन्त्रबैंक वित्त

सरकारको ऋण करिब २७ खर्ब पुग्यो 

Share
Share

२०८१ चैत ६ गते बुधबार ।

बैंकको खबर । मुलुकले तिर्न बाँकी ऋण करिब २७ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ फागुन मसान्तसम्म २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

२०८१ असार मसान्तमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो । त्यसयता ८ महिनामा २ खर्ब ४१ अर्ब ९३ करोड रुपैयाँ ऋण थपिएको छ ।

कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा ऋण ४६.९१ प्रतिशत पुगेको छ । फागुनसम्म आन्तरिक ऋण १३ खर्ब १५ अर्ब ५७ करोड र वाह्य ऋण १३ खर्ब ६० अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

सरकारले लक्ष्य अनुसार आम्दानी बढाउन नसक्दा दैनिक खर्च धान्नका लागि पनि ऋण लिइरहेको छ । सरकारले खर्च गर्न स्रोत अभाव हुँदै गएपछि ऋणको हिस्सा बढाउँदै लगेको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

गोरखाको बाह्रकिलो बजारका संरचना खाली : २० वर्षदेखि कब्जा गरिएको सार्वजनिक जग्गा वन कार्यालयको नियन्त्रणमा

गोरखा । गोरखा नगरपालिका-११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका संरचनालाई...

अर्थसम्बन्धी कानुन संशोधन विधेयक र अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनको प्रस्ताव लगिँदै

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन...

बाढी र पहिरोले बाँधमा क्षति पुर्‍याएपछि म्याग्दीको ६ मेगावाटको रेलेखोला जलविद्युत आयोजना बन्द

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजना...

नारायणगढ-मुग्लिन सडकका १५ ठाउँको पहिरो हटाइयो, दुईतर्फी यातायात सञ्चालनमा

चितवन । नारायणगढ-मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies