Home पुँजी बजार सात अंकले बढ्यो सेयरबजार
पुँजी बजारबैंक वित्त

सात अंकले बढ्यो सेयरबजार

Share
Share

२०८१ फागुन १३ गते मंगलबार । 
सेयर खबर । सेयरबजारमा मंगलबार कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले बढेर दुई हजार सात सय ६५ दशमलव ८८ विन्दुमा कायम भएको छ । नौ अर्ब ९० करोड ९३ लाख रुपैयाँ बराबरको एक करोड ७८ लाख ६५ हजार सात सय तीन कित्ता सेयर किनबेच भएको छ । 

कारोबारमा आएका २४५ कम्पनीमध्ये १०४ वटाको सेयरमूल्य बढेको छ । बाँकीमध्ये १३२ वटाको सेयरमूल्य घटेको छ भने ९ वटाको स्थिर रहेको छ ।

बैंकिङ, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य समूह बढेका छन् । विकास बैंक, फाइनान्स, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र ब्यापार समूह घटेका छन् । 

आजपनि गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशत बढेको छ । यस्तै नेपाल ल्युब आयलको सेयरमूल्य ९.९७ प्रतिशत बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै आठ दशमलव ९७ प्रतिशत घटेको छ । 

हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै एक अर्ब दुई करोड ६२ लाख रुपैयाँ बराबरको भएको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

घट्यो सेयर बजार, कारोबार रकम झण्डै ७ अर्ब

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies