Home कर्पोरेट ‘नेपालको कृषिबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक छ’ – ढकाल
कर्पोरेटबैंक वित्त

‘नेपालको कृषिबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक छ’ – ढकाल

Share
Share

२०८१ फागुन ११ गते आइतबार ।

कर्पोरेट । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताएका छन् । आइतवार काठमाडौंमा आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट राउन्डटेबलमा बोल्दै उनले कृषि अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै यसबाट फाइदा लिन सोही अनुरुपका रणनीति र कार्यक्रम आवश्यक भएको बताएका हुन् । 

अहिले पनि कृषि क्षेत्रले ठूलो जनसंख्यालाई रोजगारी प्रदान गरिरहेको, कुल गार्हस्थ उत्पादनमा उल्लेखनीय योगदान पु¥याएको चर्चा गर्दै उहाँले वित्तमा सीमित पहुँच, खण्डित भूमि स्वामित्व र पुरानो प्रविधि जस्ता कुराहरुले नेपालले कृषिबाट आशातित सफलता हासिल गर्न नसकेको धारणा व्यक्त गरे । 

अध्यक्ष ढकालले वित्तीय समावेशीकरण मात्र पर्याप्त नभएको तर्क गर्दै कृषि मूल्य शृङ्खला सुधार गर्ने, किसानहरूलाई बजारसँग जोड्ने र साना तथा मझौला कृषि व्यवसायहरूको लागि पूँजीमा पहुँच सुनिश्चित गर्ने कुरामा केन्द्रित फराकिलो दृष्टिकोणको आवश्यकता ओल्याए । 

ग्रामीण उद्यमशीलताको विकासका लागि कृषि र ग्रामीण पूर्वाधारमा लगानी बढाउनु पर्ने बताउनु भयो । उनले आफुले व्यक्तिगत रुपमा पनि रेमिट्यान्सलाई औपचारिकीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा वित्तीय सेवाहरू विस्तार गर्ने, किसान, महिला उद्यमी र साना व्यवसायहरूलाई सशक्त बनाउने काम गरिरहेको बताए । 
 
उनले नेपालको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्ने परियोजना र कम्पनीहरूमा लगानी गर्ने लक्ष्यका साथ महासंघको अगुवाईमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनि स्थापना गरि कामहरू अगाडि बढाइएको जानकारी दिए । 
 
नेपालको कृषि तथा अन्य विकास परियोजनाहरुमा विकास साझेदारहरूको सहयोग प्रति आभार व्यक्त गर्र्दै अध्यक्ष ढकालले समृद्ध अर्थतन्त्र निर्माणका लागि सरकार विसकास साझेदार र निजी क्षेत्रको सहकार्यमा जोड दिए । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies