Home अर्थतन्त्र आज ७५औँ प्रजातन्त्र दिवस
अर्थतन्त्र

आज ७५औँ प्रजातन्त्र दिवस

Share
Share

२०८१ फागुन ७ गते बुधबार ।
काठमाडौँ । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ । देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । सो कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा  जीवन उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ ।

प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । 

नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।

प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई सङ्घर्ष र सहिदको बलिदानबाट स्थापित भएको स्मरण गराएका छन्।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

मधेश प्रदेशको बजेट विवाद सुल्झाउन कार्यदल गठन, नियमावलीका दुई उपनियम निलम्बित

धनुषा । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा...

विदेशमा ८ वर्ष श्रम खर्चेका गणेश आचार्यको इनरुवामा लोभलाग्दो कृषि क्रान्ति, वार्षिक १२ लाखसम्म आम्दानी

सुनसरी । सुनसरी जिल्ला सदरमुकाम इनरुवा-८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि...

आदिकवि भानुभक्तको जन्मभूमिमा राष्ट्रिय गौरवको आयोजना, भानु साहित्य उद्यानका लागि २४ करोड बजेट

तनहुँ । नेपाली भाषाका अनुवादक आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई अन्तरराष्ट्रिय...

वन्यजन्तु आक्रमणका पीडितलाई ५ लाख सहयोग

चितवन । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन तथा...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies