Home बैंक वित्त माघ २४ गतेदेखि ‘एनएमबि हाईब्रिड फण्ड एल २’ निष्काशन गर्दै एनएमबि क्यापिटल
बैंक वित्त

माघ २४ गतेदेखि ‘एनएमबि हाईब्रिड फण्ड एल २’ निष्काशन गर्दै एनएमबि क्यापिटल

Share
Share

२०८१ माघ ८ गते मंगलबार ।

बैंकको खबर । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि सामूहिक लगानी कोष ‘एमएबि हाईब्रिड फण्ड एल २’ को इकाई सार्वजनिक निष्काशन गर्ने भएको छ । 

क्यापिटलले एक अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिइकाई १० रुपैयाँ अंकित दरका १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। 

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘एनएमबि हाईब्रिड फण्ड एल २’ दश वर्षे बन्दमुखी योजना भएको क्यापिटलले जनाएको छ । 

फण्डले १५ प्रतिशत अर्थात् एक करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई, १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई र १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । 

उक्त फण्डमा न्यूनतम १०० इकाई देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिन्छ । फण्डमा लगानी गर्न चाहने लगानीकर्ताले माघ २८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै इकाई बिक्री नभएमा बिक्री निष्काशन अवधि फागुन ८ गतेसम्म लम्बिने क्यापिटलले जनाएको छ ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस र योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि २ रेटिङ्ग प्रदान गरेको छ। 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्ब रुपैयाँको ऋणपत्र, अनलाइनमार्फत बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies