Home अन्तर्राष्ट्रिय भारतीय बैंकहरुमा नगद अभाव, ब्याजदर साढे सात प्रतिशत पुग्यो
अन्तर्राष्ट्रियबैंक वित्त

भारतीय बैंकहरुमा नगद अभाव, ब्याजदर साढे सात प्रतिशत पुग्यो

Share
Share

२०८१ माघ २ गते बुधबार । 

अन्तर्राष्ट्रिय । भारतीय बैंकहरुमा नगद अभाव बढेको छ । डिसेम्बर अन्तिममा बैंकिङ प्रणालीमा नगदको अभाव साढे एक लाख करोड भरतीय रुपैयाँ (भारु) पुगेको छ। 

नगद अभाग मएपछि बैंकहरुले निक्षेप बढाउने रणनीति लिएका छन् । त्यसका लागि बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदै लगेका छन् । फलस्वरूप निक्षेपको ब्याजदर ७.५० प्रतिशत पुगेको छ । कतिपय बैंकले उच्च ब्याजदरमा नयाँ योजनाको अन्तिम मिति थपेका छन् भने कतिपयले नयाँ एफडी योजना ल्याएका छन् ।

केही बैंकहरूले ज्येष्ठ र सुपर ज्येष्ठ नागरिकहरूलाई ०.६५ प्रतिशतसम्म बढी ब्याज दिइरहेका छन्। जसका कारण सुपर ज्येष्ठ नागरिकको ब्याजदर ८.०५ प्रतिशत पुगेको छ ।

डिसेम्बरको पहिलो हप्तामा बैंकहरूको नगद बचत १ लाख करोड भारु थियो। त्यसपछिको पन्ध्र दिनमा कर तिर्नका लागि निकासी र विदेशी विनिमय बजारमा आरबीआईको हस्तक्षेपका कारण तरलता घटेको छ ।

भारतीय केन्द्रीय बैंकको तथ्यांकअनुसार २०२४, डिसेम्बर २७ सम्म बैंकहरूको निक्षेप ९.८ प्रतिशतले बढेको छ । यस अवधिमा कर्जा वृद्धि अर्थात् ऋण वितरणको गति वार्षिक ११.१६ प्रतिशत छ ।

बैंकहरुको निक्षेप संकलन २२०.६ लाख करोड भारु र ऋण १७७.४३ लाख करोड पुगेको छ। अर्थात् बैंकहरूले जम्मा गरेको १०० रुपैयाँमा ८० रुपैयाँ कर्जा वितरण गर्दै आएका छन् ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

कर्जा प्रवाहमा राष्ट्र बैंकको लक्ष्य पूरा भएन, निजी क्षेत्रतर्फको लगानी ६.५ प्रतिशत मात्रै

बैंकको खबर । चालु आर्थिक वर्षको वैशाखसम्म विस्तृत मुद्रा प्रदायको वृद्धिदर १५.२...

हर्मुज जलघाँटीमा ट्यांकरमाथि प्रहार : विश्वकै व्यस्त ऊर्जा मार्गमा आगलागी, तनाव चुलियो

काठमाडौं । इरानका दिवङ्गत सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टि जारी रहेका...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्ब रुपैयाँको ऋणपत्र, अनलाइनमार्फत बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान...

एआई चिपको उच्च मागले सामसुङको नाफामा ऐतिहासिक छलाङ, १९ गुणा वृद्धि

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) प्रविधिसँग सम्बन्धित मेमोरी चिपको विश्वव्यापी माग तीव्र...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies