Home अर्थतन्त्र डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड
अर्थतन्त्रबैंक वित्त

डलरको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

Share
Share

२०८१ पुस २५ गते बिहीबार । 

बैंकको खबर । अमेरिकी डलरको भाउले आज फेरि अर्को नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि मंगलबार डलरको भाउ १३७ रुपैयाँ ६३ पैसा पुगेर रेकर्ड कायम गरेको थियो । 

आज युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ८० पैसा कायम भएको छ । यसैगरी बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६९ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ३५ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले आजका लागि स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ९५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ सात पैसा र बिक्रीदर ८५ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ३० पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५६ पैसा तोकेको छ । 

यसैगरी आज जापानी येन १० को खरिदर खाठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा तोकिएको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

भदौका घटनाका मुद्दा फिर्ता लिने सरकारी तयारी, कानुनी अवस्था बुझ्न कार्यदल गठन गरिँदै

काठमाडौं । सरकारले भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित विभिन्न अदालतमा...

कालिगण्डकी करिडोरलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको लक्ष्य

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला...

पोकोको नयाँ धमाका : नेपाली बजारमा एकैसाथ सार्वजनिक भए दुई शक्तिशाली ५जी स्मार्टफोन

काठमाडौं । प्रविधि कम्पनी पोकोले नेपाली बजारमा एम-सिरिजअन्तर्गतका दुई नयाँ स्मार्टफोन पोको...

वैदेशिक रोजगारीका नाममा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख ठगी गरेको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies