Home अर्थतन्त्र अर्थमन्त्री पौडेलले आइएमएफलाई भने अर्थतन्त्र सुदृढ गर्न सरकार नीति र संरचना सुधारमा केन्द्रित छ
अर्थतन्त्रबैंक वित्त

अर्थमन्त्री पौडेलले आइएमएफलाई भने अर्थतन्त्र सुदृढ गर्न सरकार नीति र संरचना सुधारमा केन्द्रित छ

Share
Share

२०८१ पुस २४ गते बुधबार । 

अर्थतन्त्र । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् । 

अन्तर्राष्‍ट्रिय मुद्रा कोष (आइएमएफ) को पाँचौं समीक्षा मिसन टोलीसँग शिष्‍टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका हुन् । 

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका मुद्दाहरुलाई ऐन कानुन तथा नीति र संवादबाट सम्बोधन गर्न र सुधारका कामहरु अघि बढाउन सरकारले विशेष ध्यान दिएको जानकारी गराए । उनले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझावलाई राष्ट्रिय सन्दर्भ र आवश्यकता अनुसार अघि बढाउने बताए । 

अर्थमन्त्री पौडेलले अन्तर्राष्‍ट्रिय मुद्रा कोषसँगको सहकार्यमा पाँचौं समीक्षाको सफलता निकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै सो क्रममा नेपाली पक्षबाट पर्याप्‍त सहकार्य एवं समन्वय हुने विश्‍वास व्यक्त गरे । उनले अर्थतन्त्र सुधारका विषयमा उठेका विषयहरुबारे सम्बन्धित निकायसँग थप संवाद र परामर्श गर्न समीक्षा मिसनलाई आग्रह गरे ।

सर्वत जहानको नेतृत्वको अन्तर्राष्ट्रिय मुद्रा कोषको टोलीले विगतका सुधारको कार्यक्रमहरुको समीक्षा जारी रहेको र आगामी दिनका लागि गृहकार्यमा रहेको जानकारी गराएको थियो ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

भदौका घटनाका मुद्दा फिर्ता लिने सरकारी तयारी, कानुनी अवस्था बुझ्न कार्यदल गठन गरिँदै

काठमाडौं । सरकारले भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित विभिन्न अदालतमा...

कालिगण्डकी करिडोरलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको लक्ष्य

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला...

पोकोको नयाँ धमाका : नेपाली बजारमा एकैसाथ सार्वजनिक भए दुई शक्तिशाली ५जी स्मार्टफोन

काठमाडौं । प्रविधि कम्पनी पोकोले नेपाली बजारमा एम-सिरिजअन्तर्गतका दुई नयाँ स्मार्टफोन पोको...

वैदेशिक रोजगारीका नाममा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख ठगी गरेको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies