Home बैंक वित्त बैंकिङ प्रणालीमा थुप्रिएको ८० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
बैंक वित्त

बैंकिङ प्रणालीमा थुप्रिएको ८० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

Share
Share

२०८१ पुस २४ गते बुधबार ।
 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकहरुले ऋण लगानी बढाउन नसक्दा प्रणालीमा पैसा थुप्रिदै गएको छ । अधिक तरलता हुन नदिन राष्ट्र बैंकले प्रणालीबाट पैसा तान्दै व्यवस्थापन गर्दै आएको छ । 

आज पनि १४ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत सो रकम प्रशोचन गर्न राष्ट्र बैंकले सूचना जारी गरेको हो । 
निक्षेप संकलनको बोलकबोल मध्यान्ह २ बजेसम्म हुने र बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुनेछ । संकलन गरिएको निक्षेपको साँवा ब्याज भुक्तानी माघ ९ गते हुने राष्ट्र बैंकले जनाएको छ । 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् ।   

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies