Home बैंक वित्त ग्लोबल आइएमई बैंकले १८ हजार बृक्षारोपण गर्ने 
बैंक वित्त

ग्लोबल आइएमई बैंकले १८ हजार बृक्षारोपण गर्ने 

Share
Share

२०८१ पुस २४ गते बुधबार । 

बैंकको खबर । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । 

बैंकले चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघ÷संस्थासँगको सहकार्यमा १८ हजार बृक्षारोपण गर्नेछ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपण गरी उक्त अभियानको शुभारम्भ गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बृक्षारोपण कार्यक्रम चालु आर्थिक वर्षभर संचालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवाहरु रोपण गर्ने जानकारी दिए 

‘रुखविरुवा प्रकृति संरक्षणको महत्वपूर्ण पाटो हो । बृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्न, हरियाली जोगाई राख्न, पहिरो रोक्न, पानीको श्रोत जोगाउन सहयोग पु¥याउँछ,’ उनले भने । 

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ ।

ग्लोबल आइएमई बैंकले देशभर ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ । 
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies