Home बैंक वित्त बैंक तथा वित्तीय संस्थामा १ अर्ब २७ करोड रुपैयाँ निक्षेप राख्दै राष्ट्र बैंक
बैंक वित्त

बैंक तथा वित्तीय संस्थामा १ अर्ब २७ करोड रुपैयाँ निक्षेप राख्दै राष्ट्र बैंक

Share
Share

२०८१ मंसिर २ गते आइतबार ।

बैंकको खबर । नेपाल राष्ट्र बैंकले १ अर्ब २७ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेकोे पैसा मुद्दति निक्षेपका रुपमा राख्न लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ । 

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब १ करोड ६० लाख रुपैयाँ , राष्ट्रियस्तरका विकास बैंकहरुमा १९ करोड ५ लाख रुपैयाा र राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ६ करोड ३५ लाख रुपैयाँ निक्षेप लगानी गर्नृ लागेको हो ।

२०८१ मंसिर ११ गते देखि २०८२  मंसिर १० गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेप राख्न लागेको राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित मंसिर ४  गते साँझ ७ बजेसम्म प्रस्ताव पेश गर्नुपर्नेछ । 

बैंक तथा वित्तीय संस्था संचालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्युनतम पुँजी कोष कायम भएको, निष्कृय कर्जा कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको, अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफामा रहेको, सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी भएको लगायतका शर्तहरु पुरा गरेका बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेश गर्न सक्नेछन् ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लागुऔषधदेखि बैंकिङ कसुरसम्मका २४ फरार प्रतिवादी पक्राउ, ५ वर्षभन्दा बढी कैद र लाखौँ जरिवाना असुल हुने

झापा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका २४...

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २३ दिनका लागि ६० अर्ब बराबरको...

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

बैंकको खबर । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन,...

नेपाली रुपैयाँ थप कमजोर, अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (२०८३ जेठ २६ गते मंगलबार) अधिकांश विदेशी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies