सरकारले घटायो बजेट खर्चको लक्ष्य, ८७.३७ प्रतिशत मात्रै खर्च हुने

सरकारले घटायो बजेट खर्चको लक्ष्य, ८७.३७ प्रतिशत मात्रै खर्च हुने

अर्थतन्त्र । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको बजेट खर्चको लक्ष्य घटाएका छन् । सोमबार चालू आर्थिक वर्ष २०८०/८१को अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्री महतले ८७.३८ प्रतिशत मात्रै बजेट खर्च हुने बताएका हुन् । 

सरकारले चालू आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । पुस मसान्तसम्म पाँच खर्ब ७३ अर्ब ६३ करोड २९ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यस आर्थिक वर्षको अन्तिमसम्म कुल १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको हो । 

अर्थमन्त्री महतले चालूतर्फ विनियोजित बजेटको ८८.८४ प्रतिशत, पुँजीगततर्फ ८४.९३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत बजेट खर्च हुने अनुमान सार्वजनिक गरेका छन् । 

अर्थमन्त्री महतले लक्ष्यअनुसारको आम्दानी नभएपछि बजेट खर्चको लक्ष्य संशोधन गर्नुपरेको बताएका छन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस