दुई महिनामा करिब साढे ५ अर्बको बिजुली भारत निर्यात

दुई महिनामा करिब साढे ५ अर्बको बिजुली भारत निर्यात

अर्थतन्त्र । नेपाल विद्युत् प्राधिकरणले साउन भर भदौमा पाँच अर्ब ४३ करोड ३१ लाख रुपैयाँको बिजुली भारतलाई बिक्री गरेको छ । प्राधिकरणका अनुसार साउनमा एक अर्ब ९४ करोड ८४ लाख रुपैयाँ र भदौमा तीन अर्ब ४८ करोड ४८ लाख रुपैयाँको बिजुली निर्यात भएको हो । 

प्राधिकरणले साउनमा प्रति युनिट औसत ८ रुपैयाँ १३ पैसा र भदौमा १२ रुपैयाँ २७ पैसामा बिजुली बिक्री भएको जनाएको छ । 

प्राधिकरणले वर्षायाममा देशभित्र खपत नभएको बिजुली इन्डियन इनर्जी एक्सचेन्जको डेअहेड बजारमा प्रतिस्पर्धामार्फत ५२२ मेगावाट बिजुली बिक्री गर्दै आएको छ । यस्तै मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब एक सय १० मेगावाट बिजुली भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगमलाई पनि बिजुली बिक्री गर्न सुरु गरिसकेको छ । 

All financial information at your fingeritps.


शेयर गर्नुहोस