राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच सम्झौता

बैंक खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल भलिबल संघबीच आठौं आरबीबी–एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिप–२०८० प्रतियोगितालाई मुख्य प्रायोजन गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका छन् । २०८० चैत ३ गतेदेखि १० गतेसम्म आयोजना हुने राष्ट्रिय लिग प्रतियोगिताका नामको अगाडि आरबीबी–एनभीए नाम राख्नु पर्नेछ ।  प्रायोजन स्वरुप बैंकले संघलाई १८ लाख रुपैयाँ प्रदान गर्नेछ । उक्त प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ९ गरी जम्मा २१ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउंदै आगामी दिनमा पनि मिलेर अगाडि बढ्ने बताए ।  नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले राष्ट्रिय वाणिज्य बैंक जस्तो ठूलो प्रायोजकको आगमनबाट राष्ट्रिय खेलको रुपमा मानिएको भलिबल खेलको थप विकास र विस्तारमा सहयोग पुगेको बताए । 

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत विमल डंगोल, विभागीय प्रमुख अच्युत गौतम, नेपाल भलिबल संघका पूर्वअध्यक्ष मनोरञ्जन शर्मा लगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २८७ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रवाह गर्दै आएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस