बैंकले कुन आधारमा ऋण दिन्छ ? हेर्नुहोस कर्जा लगानी र यसका सिद्धान्तहरु

बैंकले कुन आधारमा ऋण दिन्छ ? हेर्नुहोस कर्जा लगानी र यसका सिद्धान्तहरु

बैंक खबर ।  बैंकले कर्जा सापटी दिंदा बैंकमा जम्माभएको नगद मौज्दातबाट नियामक निकायले तोकेको न्यूनतम तरलता कायम गरी दिनु पर्दछ । ऋण उपलब्ध गराउँदा ग्राहकको विश्वसनीयता पहिचान गर्न समेत सक्नु पर्छ । निक्षेपको रुपमा र कर्जाको रुपमा मुद्राको कारोबातर बढाउन सक्नुसँग बैंकको सफलता जोडीएको हुन्छ । यसरी नै बैंकले आर्थिक क्रियाकलाप बढाई आम्दानीमा वृद्धि गर्न सक्नु पर्छ । वित्तीय बजारमा समान्य तया कर्जा प्रवाह गर्दा बैंकले केही लगानीका सिद्धान्तहरुलाई ध्यान दिनु पर्दछ । बैंकहरुले ऋण प्रवाहका लागि लगानी नीति नै बनाएर पनि काम गरेका हुन्छन् । सामान्यतया बैंकहरुले कर्जा लगानी गर्दा निम्न सिद्धान्तहरुमा ध्यान दिएको देखिन्छ ।  

सुरक्षाको सिद्धान्त
बैंकले स–सानो पूँजीलाई निक्षेपको रुपमा संकलन गर्छ । त्यस्तै शेयरवालाको पूँजीलाई समेत कर्जाको रुपमा विभिन्न क्षेत्रमा लगानी गर्दछ । नेपालका सामान्यतया उद्योग, व्यपार, कृषि लगायतका क्षेत्रमा बैंकहरुले कर्जा दिएको पाइन्छ । विभिन्न क्षेत्रमा लगानी गर्नेभएकाले बैंकहरुले आफुले गरेको लगानीको सुरक्षा चाहन्छन् । सुरक्षित लगानी हुन सकेन भने दिर्घकालमा बैंकलाई ठुलो नोक्सानी हुन जान्छ । यसले देशको अर्थतन्त्रमा पनि निकै ठुलो नोक्सानी पु¥याउन सक्दछ । त्यसैले बैंक जहिले पनि सुरक्षित लगानीका लागि होसियार रहेको हुन्छ । 

बैंकले कर्जा लगानी गर्दा सुरक्षण लिन योग्य र कर्जा भुक्तानी हुन नसकेमा लिलामबाट विक्री गर्ने आवस्था आइपरेमा सजिलै लिलाम विक्री हुने सम्पत्ति चाहिरहेको हुन्छ । त्यसो भएमा बैंकले आफ्नो पैसाको सुरक्षा भएको ठान्दछ । बैंकले कर्जालाई खाम्नेगरी प्रयाप्त चल अचल सम्पत्ति धितो लिने व्यवस्था गरेको हुन्छ । सुरक्षणबिना कर्जा दिंदा पछि असुल उपर हुन नसक्ने जोखिम हुन्छ । 

बैंकले प्राकृतिक व्यक्ति र कानूनी व्यक्ति दुवैलाई कर्जा दिन सक्छ । त्यसैले कालान्तरमा कर्जाको जोखिम न्यूनिकरणका लागि सुरक्षण अत्यन्तै आवश्यक छ । 
तरलताको सिद्धान्त

बैंकले निक्षेपकर्ताहरुबाट स्वीकार गरेको रकम माग भएमा कुनैपनि बेला फिर्ता गर्नुपर्छ । निक्षेपकर्ताले माग गरेको समयमा फिर्ता गर्न नसकेमा कुनैपनि बेला बैंक धाराशायी हुन सक्छ । त्यसैले भुक्तानी फिर्ता प्रयोजनका लागि रकमको जगेडा राख्ने गरिन्छ । त्यस्तै नियामक निकाय (नेपालमा नेपाल राष्ट्र बैंक) ले बैंकले जम्मा गरेको कुल निक्षेप र पूजीको निश्चित प्रतिशत मात्र कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको हुन्छ । जसलाई कर्जा पूँजी निक्षेप अनुपात (सिसिडी रेसियो) भन्ने गरिन्छ । यसरी कर्जा प्रवाह र निक्षेप भुक्तानीलाई समानुपातिक र सन्तुलित ढंगबाट सञ्चालन गरी आफूसँग न्यूनतम नगद मौज्दात राखी नगद व्यवस्थापन गर्न सक्नु नै बैंकको आधारभुत सफलता हो । यसैलाई तरलताको सिद्धान्त भनिन्छ । 

नाफा आर्जनको सिद्धान्त
निक्षेपकर्ताहरुलाई दिनुपर्ने ब्याज र आफ्नो सञ्चालन खर्च जुटाई नाफा आर्जन गर्नु नै बैंकको प्राथमिक उद्देश्य हो । बैंकले नाफाबाट शेयरधनीहरुलाई लाभांश दिने उद्देश्य राखेको हुन्छ । नाफाको उद्देश्य पुरा गर्न नसकेमा बैंकको शाखमा गिरावट आउँछ भने अश्तित्वमाथि नै प्रश्न खडा हुन्छ । त्यसैले बैंकले बजारमा निक्षेपको अवस्था र कर्जाको मागको आधारमा निक्षेप तथा कर्जाको ब्याज निर्धारण गर्दछ । त्यसपछि आफ्नो लागत र न्यूनतम सञ्चालन खर्च कायम गरी नाफा बढाउने नीति लिएको हुन्छ । 

कर्जा विविधीकरणको सिद्धान्त 
बैंकले देशको भौगोलिक विविधता, ग्राहकको प्रकृति, उद्योग, व्यवसाय, पेशा, व्यापार, कृषि लगायतका क्षेत्रमा फरक फर तरिकाले कर्जाको वितरण गरेको हुन्छ । यसरी हेर्दा बैंकहरुले विभिन्न क्षेत्रमा फरक फरक तरिकाले कर्जाको विविधीकरण गरी कर्जा उपलब्ध गराएका हुन्छन् । 

जोखिम न्यूनिकरणको सिद्धान्त
कर्जा कारोबार आफैमा जोखिमपूर्ण हुन्छ । खासगरी कर्जाको जोखिमलाई चार क्षेत्रहरुबाट हेर्न सकिन्छ । स्वामित्व जोखिम, व्यवस्थापन जोखिम, व्यवसायिक जोखिम र वित्तीय जोखिम कर्जामा देखिने मूख्य जोखिमहरु हुन् ।

All banking information at your fingertips


शेयर गर्नुहोस