म्युचुअल फण्ड : पूँजी संकलनको माध्यम 

म्युचुअल फण्ड : पूँजी संकलनको माध्यम 

बैंक खबर । मुलुकको आर्थिक विकासका लागि लगानीको विकल्प छैन् । लगानीका लागि पूँजी आवश्यक पर्दछ । पूँजी भनेको पैसा हो । यसलाई स्रोत वा साधन पनि भन्न सकिन्छ । कृषि, उद्योग, व्यापार वा कुनैपनि व्यवसायमा थप लगानी गरेपछि मात्रै मुलुकमा उत्पादन बढ्दछ । यसबाट लगानीलाई आय तथा सो कार्यमा संलग्न जो कोहीलाई पनि रोजगारी प्राप्त हुन्छ । यसै कारणले गर्दा हरेक राज्यले लगानी अभिवृद्धिका लागि प्रयास गरिरहेको हुन्छ । यस्तो लगानी सरकारी, निजी तथा सहकारी जुनसुकै किसिमको पनि हुनसक्छ । 

विभिन्न व्यक्ति तथा संस्थाहरुले आफूसँग रहेको स–सानो रकम लगानी गर्न अवसरको खोजी गरिरहेका हुन्छन् । तर समय, प्रयाप्त जानकारी, वित्तीय विश्लेषण गर्ने क्षमता, जोखिम व्यवस्थापन सम्बन्धी जानकारीको अभावका कारणले लगानी गर्न सकिरहेका हुँदैनन् । त्यस्तो अवस्थमा स–साना लगानीकर्ताको रकम संकलन गरी पूँजी तथा मुद्रा बजारमा लगानीको व्यवस्था/वातावरण मिलाई दिनको लागि स्थापना गरिएको कोषलाई आपसी कोष (म्युचुअल फण्ड : Mutual Fund) भनिन्छ । यस्तो कोषमा लगानी गर्नको लागि कानून बमोजिम स्थापित संस्थालो स–साना व्यक्तिगत लगानीकर्ताबाट रकम संकलन गर्ने र लगानीका सिद्धान्तहरुको आधारमा कम जोखिम तथा उपयुक्त प्रतिफल प्राप्त हुनेगरी लगानीको व्यवस्थापन गर्दछ । 

व्यक्तिगत तवरमा पूँजी बजारमा लगानी गर्नको लागि सूचनाको अभाव हुने, प्रायाप्त वित्तीय जानकारी नहुने, विश्लेषणको क्षमता नहुने, समय, पर्याप्त पूँजी र बजारमा आएको परिवर्तनबाटर पर्याप्त ज्ञानको अभावलाई पूरा गरी कम जोखिममा उपयुक्त प्रतिफल हुने तयरकाले लगानी गर्ने र देशको पूँजी निर्माणमा समेत योगदान दिने मनसायले यस्ता कोषहरुको स्थापना गरिएको हुन्छ । 

स–सानो पूँजीको संकलन गरी पूँजी निर्माण, व्यवसायिक व्यवस्थापन, लगानीमा विविधिकरण, लगानी व्यवस्थापनको लागत न्यूनीकरण, तरलताको सुविधा र करमा छुट लगायतका फाइदाको लागि म्युचुअल फण्डमा लगानी गरिन्छ । 

नेपालमा वाणिज्य बैंकहरुद्धारा प्रवद्र्धित म्युचुअल कम्पनीहरुले यस प्रकारको सेवा प्रदान गरिरहेका छन् ।  यी कम्पनीहरुले लगानीकर्ताहरुको आवश्यकता र प्रचलित कानस्नको अधिनमा रही निश्चित अवधिसम्म रकम संकलन गरी बन्द गर्ने योजना (Close Ended Scheme) र सधैंभरी रकम संकलनको लागि खुल्ला रहने योजना (Open Ended Scheme) गरी दुई प्रकारका एकाइहरु लगानीकर्तालाई विक्री गरी लगानीको लागि रकम संकलन गर्ने गरेका छन् । 
स्रोतः विद्यार्थीसँग नेपाल राष्ट्र बैंक

All financial information at your fingeritps.


शेयर गर्नुहोस