निक्षेप भनेको के हो ? बैंकले निक्षेप संकलन कहाँबाट गर्छ ?

निक्षेप भनेको के हो ? बैंकले निक्षेप संकलन कहाँबाट गर्छ ?

बैंक खबर । बैंकको बलियो उपस्थिति त्यतिबेला हुन्छ जतिबेला उसले पर्याप्त निक्षेप संकलन गरी व्यवस्थापन र परिचालन गर्न सक्छ ।  वृहत नेपाली शब्दकोषका अनुसार चाहिएको बेलामा फिर्ता लिने गरी विश्वासपरुर्वक कसैलाई कुनै वस्तु राख्न दिने काम, धरौटी, खातामा जम्मा गरिने रकम नै निक्षेप हो । निक्षेपका लागि विश्वासको खाँचो पर्दछ । व्यक्ति वा संस्था खपत कर्ताले गरेको बचत चाहिएको बखत तुरुन्त सजिलै प्रप्त गर्न सक्नेछन् । 

निक्षेपले सबै दिशातर्फ सकारात्मक प्रतिफल प्रदान गर्दछ । बैंकले निक्षेपमार्फत साधन अधिक (Surplus) भएको क्षेत्रबाट साधन मूल भएको (Deficit) क्षेत्रमा प्रवाहित गरी लगानीका लागि पूँजी तयार गरिदिन्छ । यसले अर्थतन्त्रमा उत्पादनशील कार्यहरु बढ्न सक्छ । निक्षेपकर्ता, निक्षेपप्रवाहक र निक्षेप ग्राहककर्ता सबैलाई फाइदा पुर्याउँदछ ।

जसरी स–साना खोलामा खोल्सीबाट जम्मा भएको पानीबाट नदी बन्ने र नदीबाट विद्युत उत्पादन हुने प्रणाली छ त्यसरी नै बैंकले स–साना निक्षेपकर्ताबाट निक्षेप संकलन गरी लगानीका क्षेत्रमा कर्जा प्रवाह गर्छ । 

निक्षेपमा मुद्रा वा मुद्रा जस्तै चेक, ड्राफ्टलाई स्वीकार गरी सुरक्षित किसिमले सञ्चय गरिन्छ । निक्षेपकर्तालाई बैंकिङ् संस्थाले निश्चित अवधिमा ब्याज प्रदान गर्छ । बैंकको मुख्य तथा प्राथमिक काम भनेकै निक्षेप संकलन गर्नुहो ।
निक्षेप संकलन

छरिएर रहेका स–साना र असंगठित पूँजीहरुलाई संकलन गरी ठुलो राशी तयार पार्ने काम नै निक्षेप संकलन हो । बैंक तथा वित्तीय संस्थाहरुले समाजमा छरिएर रहेको पूँजीलाई विभिन्न पक्षहरुबाट संकलन गर्ने काम गर्दछ ।

  • व्यक्तिगत सर्वसाधारण
  • संगठित सरकारी, गैरसरकारी निकाय
  • विदेशी निकाय
  • संघसंस्था/परोपकारी संघसंस्था
  • बैंक तथा वित्तीय संस्थाहरु आदि

All financial information at your fingertips.


शेयर गर्नुहोस