प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा

२०८२ जेठ २ गते शुक्रबार । 

बीमा खबर । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जेठ २६ गते सोमबार आठौँ वार्षिक साधारणसभा डाकेको छ । इन्स्योरेन्सले काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे साधारणसभा बोलाएको हो ।

साधारणसभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

साधारणसभाले वार्षिक साधारणसभाबाट ७ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय रद्द गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले जेठ २३ गते बुकक्लोज गर्ने भएको छ। त्यसैले, जेठ २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु साधारणसभामा सहभागी हुन र लाभांश प्रप्त गर्न सक्नेछन् ।


शेयर गर्नुहोस