जेठमा बैंकहरुले निक्षपको ब्याजदर यथावत राख्ने

जेठमा बैंकहरुले निक्षपको ब्याजदर यथावत राख्ने

बैंक खबर । वाणिज्य बैंकहरुले जेठमा निक्षेपको ब्याजदर परिवर्तन नगर्ने भएका छन् । बैंकर्स संघको बिहीबार बसेको कार्यकारी समितिको बैठकले जेठमा ब्याजदर यथावत राख्ने निर्णय गरेको हो । 

वैशाखमा ब्याजदर घटाएर एकल विन्दुमा झारेका बैंकहरुले ब्याजदर थप घटाउँदा निक्षेप बाहिरिने जोखिम देखेपछि परिवर्तन नगर्ने निर्णयमा पुगेको बैंकरले बताएका छन् । 

वाणिज्य बैंकहरुले वैशाखमा मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम गरेका थिए । संस्थागत निक्षेकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ५.४ देखि ७.४ प्रतिशतसम्म कायम गरेका छन् । 

जेठमा निक्षेपको ब्याजदर यथावत रहेपनि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जाको ब्याजदर घट्ने छ । राष्ट्र बैंकले कर्जाको ब्याजदर महिनैपिच्छे परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको छ । बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा पछिल्लो तीन महिनाको बेस रेटलाई आधार मानेर कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्नेछ ।    
 

All financial information at your fingertips.


शेयर गर्नुहोस