प्रभु लाइफको लाभांश संशोधन

प्रभु लाइफको लाभांश संशोधन

बैमा खबर । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । इन्स्योरेन्सको जेठ ३ गते बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गरेको हो । 

इन्स्योरेन्सले अब शेयरधनीलाई आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट चुक्ता पूँजीको ९.८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यसअघि इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर बीमा प्राधिकरणले वैशाख २९ गते वित्तीय विवरण सशर्त स्वीकृत भएअनुसार, वित्तीय विवरण परिमार्जन गरी लाभांश संशोधन गरेको कम्पनीले जनाएको छ । 

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीमा वितरण हुनेछ ।  
 

All financial information at your fingertips.


शेयर गर्नुहोस