शेयरबजारमा ५३ अंकको गिरावट, लगानीकर्ताले एक दिनमै गुमाए ७९ अर्ब

शेयरबजारमा ५३ अंकको गिरावट, लगानीकर्ताले एक दिनमै गुमाए ७९ अर्ब

बैंक खबर । आइतबार शेयर बजार परिसूचक नेप्से ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा झरेको छ । बजार विश्लेषकहरुका अनुसार यसअघि एक महिनासम्म देखिएको वृद्धिमा आइतबार करेक्सन आएको बताएका छन् । जेठ १८ गतेयता नेप्से १६ प्रतिशत बढीले बढेको थियो । यस्तै, बजारमा छोटो समयमा नाफा लिन खोज्नेहरुले सेयर बिक्री बढाउँदा बजार दबाबमा परेको विश्लेषण पनि गरिएको छ । 

कारोबारमा आएका २२५ कम्पनीमध्ये २०७ कम्पनीको शेयरमूल्यमा आएको गिरावटले बजार दबाबमा परेको हो । बजार घटेपनि १८ कम्पनीका शेयरधनीले भने कमाएका छन् । 

यसदिन ५ अर्ब ८ करोड रुपैयाँ बराबरको ११ लाख ३२ हजार कित्ता शेयर किनबेच भएको छ । लगानीकर्ताले आइतबार मात्रै ७९ अर्ब रुपैयाँ रुपैयाँ सम्पत्ति गुमाएका छन् । कारोबार खुल्दा ३१ खर्ब ५० अर्ब रहेको पुँजीकरण कारोबार बन्द हुँदा ३० खर्ब ७१ अर्बमा झरेको छ । 

बजार घटेपनि बीपीडब्लु लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस्तै, सिटी होटलका शेयरधनीले पनि ९.९८ प्रतिशतले कमाएका छन् । श्रीजनशिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा धेरै ९.३२ प्रतिशतले गुमाएका छन् । यस्तै, माउन्टेन इनर्जी नेपालका शेयरधनीले पनि ९.१२ प्रतिशतले गुमाएका छन् । 
हिमालयन लाइफ इन्स्योरेन्सको शेयर कारोबार सर्वाधिक ४२ करोड ५६ लाख रुपैयाँको भएको छ । यसपछि शिवम् सिमेन्टको २७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भयो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस