रिलायबल नेपाल लाइफको आईपीओ असार २७ देखि निष्काशन हुने

रिलायबल नेपाल लाइफको आईपीओ असार २७ देखि निष्काशन हुने

बीमा खबर ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ । साउन १० गतेसम्म आईपीओ बिक्री खुला हुने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको छ । यसमध्ये पहिलो चरणमा १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीकालागि बिक्री निष्काशन गर्न लागकेो कम्पनीले जानकारी दिएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा प्रिमियमबापत १५७ रुपैयाँ थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ बिक्री गर्न अनुमति पाएको हो ।  

All financial information at your fingertips.


शेयर गर्नुहोस