कुमारी बैंकका पूर्वसीईओसहित ११ जना विरुद्ध विशेष अदालतमा मुद्दा

कुमारी बैंकका पूर्वसीईओसहित ११ जना विरुद्ध विशेष अदालतमा मुद्दा

बैंक खबर । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले कुमारी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुजमणी तिमिल्सिना सहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले उनीहरु विरुद्ध १ अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ बिगो दाबी कायम गरी मुद्दा दायर गरेको हो । 

सीईओ तिमिल्सिना र बैंकको न्यूरोड शाखाका तत्कालिन शाखाप्रमुख समेतको मिलेमतोमा फर्जी कागजातका आधारमा लिएको कर्जा रकम मेरलायन इन्टरप्राइजेज कम्पनी प्रालि (कानुनी व्यक्ति)को प्रयोग गरी उनीहरुले सम्पत्ति शुद्धीकरणको कसूर गरेको दाबी गरेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस